स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

महोत्तरी । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । जिल्लाको जलेश्वर नगरपालिका–३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी–५ बस्ने २० वर्षीय चन्दन कुमार साफी रहेका छन् । प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरी टोलीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी बिहीबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस