अवैध रुपले ल्याएको गन्धकसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

कैलाली । कैलालीमा अवैध तरिकाले ल्याएको गन्धकसहित एका जना पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थमा
प्रयोग हुने गन्धकसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४२ वर्षिय शिवा गुप्ता रहेका छन् । भारतबाट साइकलमा राखेर नेपालतर्फ आउँदै गरेको उनलाई जाँच गर्ने क्रममा उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले उक्त गन्धकसहित विहिबार पक्राउ गरेको हो । उनले के प्रयोजनका लागि गन्धक ल्याइएको हो भन्ने पत्ता लागेको छैन ।
उनलाई बरामद भएको गन्धक तथा साईकलसहित आवश्यक
कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाईएको छ ।

सम्बन्धित खबर

सिफारिस