पहिरोमा पुरिएर एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

मुगु । मुगुमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको छाँयानाथ रारा नगरपालिका–३ फुली बामधारा भिरस्थित सडकमा बिहीबार बिहान पहिरो जाँदा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका बस्ने पवन घिमिरे रहेका छन् । बामधारा भिरस्थित सडक खनी गन्तब्य स्थान तर्फ फर्कने क्रममा पहिरो जाँदा जेसिबीसहित चालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगु र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा पहिरोमा पुरिएको अवस्थामा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस