श्रीमानद्धारा श्रीमतीको हत्या

दियो पोस्ट  

सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरेकोे आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतो रहेका छन् । महतोले धरायसी झगडाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेका हुन् । उनी आफैेले ईलाका प्रहरी कार्यालय हरीवनमा आफै उपस्थित भई घटनाको बारेमा जानकारी गराउनसाथ उनलाई प्रहरीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएकाे हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।