बागलुङमा १५ वर्षीया किशारी बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

बागलुङ। बागलुङमा १५ वर्षीया किशारीलाई जबरजस्ती करणी गरेको आरोप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपा बस्ने १७ वर्षीय किशोर रहेका छन् । किशोरले ती किशोरीलाई सोही गाउँपालिका–४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस