
रुपन्देही । रुपन्देहीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार रहेका छन् । बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्रउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।