
रुपन्देही । पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–२ तिलौरीमा सार्वजनिक माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५५ वर्षीय बिक्रम लोहार रहेका छन् । डुबेर अशक्त भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।