
रोल्पा । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । रोल्पा नगरपालिका–४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१० बस्ने ३३ वर्षीय कौशल खत्रीसहित ५ जना रहेका छन् । उक्त कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास १ सय ६५ पिससहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।