
झापा । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुद्धशान्ति गाउँपालिका –१ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्का रहेका छन् । रोक्काले किशोरीलाई पैसाको लोभ देखाई सोही गाउँपालिका–४ चिलिमगढीस्थित नव ज्योति सामुदायिक वन क्षेत्रमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।