छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका–३ वलुवा टोल बस्ने ४६ वर्षीय जोगिन्द्र सहनी रहेका छन् । ट्याक्टरको ठक्करबाट उनको शनिबार राति घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सर्लाहीको गोडैता नगरपालिका–१२ स्थित सडकमा प्रदेश २–०३–०१२ प ९७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकौल गाउँपालिका–१ बस्ने ४५ वर्षीय सोनालाल राउत रहेका छन् । मोटरसाइकल आफैं अनियन्त्रत भई दुर्घटना हुँदा आइतबार बिहान घटनास्थलमै भएको हो ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस