काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–२ माचीमा सत्य नारायण यादवको खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५० वर्षीय सुर्य बरैई ठाकुरको रहेका छन् । यादवले ले मोटरद्धारा आफ्नो खेतमा पानी हाली छोडी गएको नाङगो तार हटाउने क्रममा ठाकुरको आइतबार बिहान घटनास्थलमै भएको हो । हाल फरार सत्य नारायणको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिरहाको लहान नगरपालिका–२ गोलछारीमा आफ्नै घरको कलमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३० वर्षीय विशेश्वर साह रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।