
झापा । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बु रहेका छन् ।
लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हदका आधारमा विभिन्न बुँदामा सजायको व्यवस्था गरिएको छ । जसमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी किशारी भए १० दखि १२ वर्षसम्मको कैद सजाय हुने छ ।