छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषधसहित ११ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय पारस वली रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित आइतबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–१४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित आइतबार दिउँसो पक्राउ गरेको हो ।

साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नगरपालिका–७ घर भई बाँके कोहलपुर नगरपालिका–११ बस्ने २६ वर्षीय दिपक वली रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित आइतबार राति पक्राउ गरेको हो ।

यसैगरी बाँकेकै राप्तिसोनारी गाउँपालिका–५ अलिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका–५ बिनौना बस्ने ३० वर्षीय देबेन्द्र खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले नेपालगंजबाट बैजापुरतर्फ जाँदै गरेको भे.७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित आइतबार राति पक्राउ गरेको हो ।

यसैगरी धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारबाट अवैध लागूऔषध चरेस करिब ११ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ बस्ने ४० वर्षीय जय बहादुर तितुङ रहेका छन् ।अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त चरेससहित आइतबार राति पक्राउ गरेको हो ।

यसैगरी झापाको दमक नगरपालिका–१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दमक नगरपालिका–६ बस्ने २० वर्षीय अन्जान मगर सहित ५ जना रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–१ हवल्दार चोक बस्ने शैलेश कुमालको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषधसहित आइतबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस