घरायसी झगडामा आफ्नै देवरले गरे भाउजूको हत्या

दियोपोस्ट संवाददाता

काठमाडौं । नवलपरासी(पश्चिम)मा आफ्नै भाउजूको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं–झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिराको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मिराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरी टोलीले चन्दनलाई आइतबार राति पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस