२७ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दियोपोस्ट संवाददाता

कैलाली । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्लाको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँससहित ७ जना रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस