काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएकाे छ ।
वकिलको कार्यालयले सोमबार दर्ता गरेको अभियोग पत्रमा बल्छी ध्रुवे, राजु मास्टर, बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।