नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

दियो पोस्ट  

मोरङ । अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र फेनारागन ५ एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ परेका छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ बस्ने ३८ वर्षीय सतिष सुबेदी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस