अमानवीय व्यवहार गर्ने काठमाडौं महानगरका नगर प्रहरीहरू कारबाहीमा

७ नगर प्रहरी जागिरबाट हटाइए, ५ जना निलम्बनमा

दियो पोस्ट  

काठमाडौं  । सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने काठमाडौं महानगरका नगर प्रहरीहरू कारबाहीमा परेका छन् ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।