झापामा ९ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय बिबेक अधिकारी रहेका छन् । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हदका आधारमा विभिन्न बुँदामा सजायको व्यवस्था गरिएको छ । जसमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपङगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद सजाय हुने छ ।

सम्बन्धित खबर

सिफारिस