छुट्टाछुट्टै ठाउँमा अवैध लागूऔषधसहित ९ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवेध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–१ बस्ने २० वर्षीय बिशाल दमाई, २१ वर्षीय गणेश राजवंशी, अर्जुनधारा नगरपालिका बस्ने २७ वर्षीय निकाश अधिकारी, मेचिनगर नगरपालिका(७ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका–६ बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित सोमबार राति पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचिनगर नगरपालिका–१३ फुलबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्रो पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय तुलसी राजवंशी रेहका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र प्रहरी चौकी चारआलिबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–११ बिपिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित सोमबार  दिउँसो पक्राउ गरेको हो ।

यसैसाथ बाँकेकै नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर
नगरपालिका–४ बस्ने १९ वर्षीय प्रकाश परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित सोमबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस