काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३२ वर्षीय रामसिंह मोक्तान रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा.२० च ९८३ नम्बरको हात्ति गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–३ कैलाशपथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने भारत सुपौल घर भएका २७ वर्षीय हिमाल चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषध र नगदसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
साथै कैलालीको टिकापुर नगरपालिका–१ ब्लक नम्बर ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ बस्ने २६ वर्षीय शंकर खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका–१ बस्ने १२ वर्षीय बालक रहेका छन् । नेपाल प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साईकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
साथै काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६८ ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–७ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङसहित ४ जना रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित सोमबार राति पक्राउ गरेको हो ।
यसैसाथ कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ बस्ने २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राज रानालाई २ सय १० मिलिग्राम र आकाश रानालाई १ सय ८० मिलिग्रामसहित सोमबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।