साइकल चालकमाथि मुक्का प्रहार गर्ने विराटनगरका युवा पक्राउ

दियो पोस्ट  

काठमाडौं । विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आयुष भेटवाललाई पक्राउ गरेको हो ।

उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए।

गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए। कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए।

राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर उनीहरूले मुक्का हानेका थिए। मुक्का प्रहारपछि साह बेहोस भएका थिए।

बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको थियो। उक्त घटनाको फुटेज सामाजिक सञ्जालमा भाइरल छ।

पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको छ ।
गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए।

प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार यो घटनामा संलग्न रहेका एक जनालाई पक्राउ

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।