खराब मौसमका कारण दुर्घटनास्थल पुग्न सकेनन् शव लिन गएका हेलिकप्टर

दियोपोस्ट संवाददाता

मनाङ । मनाङ एयर हेलिकप्टर दुर्घटनामा परेकाहरूको शव लिन गएका दुई हेलिकप्टर दुर्घटनास्थलमा पुग्न सकेका छैनन्।

खराब मौसमका कारण लिखुपिके गाउँपालिका–५ लामजुरा डाँडास्थित दुर्घटनास्थलमा अल्टिच्युट एयरको दुईवटा हेलिकप्टर पुग्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

दुर्घटनास्थल जान नसकेपछि सोलुखुम्बुकै भकञ्जेमा अवतरण गरिएको छ। घटनास्थलमा स्थानीय र प्रहरी खटिएका छन्।

प्राधिकरणका अनुसार उनीहरूको सहयोगमा शवलाई गाडीमा हालेर भकञ्जेसम्म ल्याउने तयारी छ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

सम्पर्कविहीन भएको हेलिकप्टर लामजुरामा दुर्घटना भएको खबर पाएपछि प्रहरीको टोली पुगेको हो। दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको छ।

सम्बन्धित खबर