बारामा अवैध लागूऔषध गाँजा बरामद

दियोपोस्ट संवाददाता

बारा । बारामा अवैध लागूऔषध गाँजा बरामद भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ चरिया माई मन्दिर नजिक सडकमा रहेको ना.१ क ३२०५ नम्बरको ट्रकबाट अवैध लागूऔषध गाँजा १ सय ५ किलोग्राम प्रहरीले बरामद गरेको छ । विशेष सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले पल्टिएको अवस्थामा उक्त ट्रक फेला पारी जाँच गर्ने क्रममा फल्स डब्बाभित्र ५ वटा बोरामा लुकाई राखेको उक्त गाँजा फेला पारी मंगलबार बिहान बरामद गरेको हो ।

प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस