
सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका–१ रुपनी चोकस्थित सडकमा को.१ क १०८४ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने मो.अलीजामको छोरा १३ वर्षीय मो.रहमान रहेका छन् । दर्घटनाबाट गम्भीर घाइते भएका उनको युनिक अस्पताल रुपनी हुँदै घोपा अस्पताल धरानमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।