छुट्टाछुट्टै ठाँउमा डुबेर २ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१० सोनो साथि किन्डर गार्डेन स्कुल पछाडी रहेको सेप्टी टेङ्कीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने मेरीना लिम्बुको छोरा ८ वर्षीय तान्चोप लिम्बु रहेका छन् । डुबेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी संखुवासभाको मकालु गाउँपालिका–६ बस्यालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने १७ वर्षीय मन्जित राई रहेका छन् । सोही ठाउँस्थित देनदोतोवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस