रौतहट । रौतहटमा विभिन्न किसिमको लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित बकैया बाँध इलाकाबाट अवैध लागूऔषध डाईजापाम ३ सय वटा, फेनारागन ३ सय वटा र नोफिन ३ सय वटासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका १ बस्ने रोहित महतो रहेका छन् । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोले आलु र प्याजको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले जाँच गर्ने क्रममा विभिन्न किसिमको लागूऔषध फेला पारी गत सोमबार पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका महतोलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।