कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ पर्सियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउमा बस्ने २६ वर्षीया अपसना खातुन रहेकी छिन् । आफु सुत्ने कोठाको स्टेन फ्यानको तारबाट करेन्ट लागेर  उनको  घटनास्थलमै  मृत्यु भएको हो ।

यस घटना सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस