अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

कैलाली । कैलालीमा अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–५ स्थित कौवा खेडा सीमा ईलाकाबाट करीव ९ ग्राम ९ सय १० मिलिग्राम ब्राउन सुगर
जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दिनेश साँउद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको से ६ प २११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउन सुगरसहित फेला पारी बिओपी पगियापसारले गत सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका साँउदलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको ।

सम्बन्धित खबर

सिफारिस