कैलालीमा लाखौँ रकमको मोवाइल सेट बरामत

दियोपोस्ट संवाददाता

कैलाली । कैलालीमा लाखौँ रकमको मोवाइल सेट बरामत भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–२ स्थित चेकप्वाईन्ट ईलाकाबाट रियल्मी सी ५५ मोडलको २ वटा, रियल्मी सी ३३ मोडलको १० वटा र रियल्मी सी ५३ मोडलको ७ वटा मोवाईल सेट सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालपतर्फ ल्याउँदै गरेको करिब २ लाख ६० हजार रुपैयाँ बराबरको १९ वटा मोवाईल सेट प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलालीले बरामद गरेको हो ।
बरामद मोवाईल सेट कैलाली भन्सार कार्यालयमा बुझाईएको छ ।

सम्बन्धित खबर

सिफारिस