सुर्खेत । प्रहरी कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको बिरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसी रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्रकाशसहितका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि हातपात तथा कुटपिट गरे पश्चात उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।