अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ

दियो पोस्ट  

पर्सा । पर्सामा अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेशसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्य नारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई गरी राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई बरामद चरेश र मोटरसाईलकसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।