काठमाडौं । दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिएका छन् ।
दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नुअघि उनलाई राजकीय सम्मान दिइएको थियो । उनको अन्तिम संस्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको ६९ वर्षको उमेरमा मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।