बागलुङमा २० वर्षीय महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

बागलुङ । बागलुङमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी कालिगण्डकी गाउँपालिका–७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाल रहेका छन् । हमालले ती महिलालाई बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित जंगलमा सोमबार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । साथै हमालले जैमिनी नगरपालिका–४ रातोबारी बस्ने याम बहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस