अवैध लागूऔषधसहित २ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषसहित २ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम नगरपालिका–७ टुडिखेल बस्ने २८ वर्षीय श्रृजन कर्मचार्य रहेका छन् । सोही ठाउँस्थित चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र।.०१–००६ ख ५२०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको सिटमुनी प्लाष्टिकमा लुकाई ल्याएको उक्त पदार्थसहित उनलाई बुधबार बिहान पक्राउ गरेको हो ।

यसैगरी सिरहाको औरही गाउँपालिका–५ बाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मधुवनी लक्ष्मी गाउँ बस्ने १९ वर्षीय चन्दन कुमार साह भारती रहेका छन् । प्रहरी चौकी औरही सिरहाबाट खटिएको प्रहरी टोलीले डिएल ११ एसडब्लु ९२३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित साहलाई बुधबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस