
बर्दिया । बर्दियामा एक जना बालकको नालीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बढैयाताल गाउँपालिका–७ बोगटियामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने अम्लेश यादवको छोरा ३ वर्षीय नारायण यादव रहेका छन् । बालकको आफ्नै घर निजकै रहेको नालीमा खेल्ने क्रममा डुबेर बुधबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।