धनगढी । धनगढीको डोटीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्का रहेका छन् । जिल्लाको आर्दश गाउँपालिका–२ मौवामा बा.१ ज ९४३९ नम्बरको जिल्ला समन्वय समितिको गाडी सडकबाट करिब ५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा खड्काकाे घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका गाडीमा सवार आर्दश-५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडा-२ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्काकाे जिल्ला अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाको कारण भने अझै खुलेको छैन् ।