बर्दियामा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

बर्दिया । बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारू रहेका छन् । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
यस घटना सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस