उदयपुरमा ५५ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

उदयपुर । उदयपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोला रहेका छन् । बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका–६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।
यस घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।