सामाजिक सञ्जालको दुरुपोग गरी ठगी गर्ने ७ जना पक्राउ

दियो पोस्ट

उदयपुर । उदयपुरमा सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्टसहित ७ जना रहेका छन् । उदयपुरकाे कटारी नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी गर्दा सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाएका थिए । उनीहरूले ती महिलालाई ठगी गरेको खुल्न आएपछि विभिन्न मिति र स्थानबाट प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूर मा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर