काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–३ लालिखर्कमा प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–२ इम्बुङ बस्ने २३ वर्षीय दिल कुमार लिम्बू रहेका छन् । गाडीको ठक्करबाट उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सिराहाको गोलबजार नगरपालिका–१२ हरिपुर टोलस्थित सडकमा प्र.३–०१–००३ क ७५२० नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय पंकज महतो रहेका छन् । टिपरको ठक्करबाट उनको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।