छुट्टाछुट्टै ठाँउमा करेन्ट लागेर २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा फर्सेटस्थित सडकमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४० वर्षीय युवराज राई रहेका छन् । सोही नगरपालिकाको सडकलाईन बत्तीकाे करारमा कार्यरत बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी सप्तरीको सुरुङगा नगरपालिका–५ कुशहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ६५ वर्षीय हवाई चौधरी रहेका छन् । आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिराहामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस