
झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिबसताक्षी नगरपालिका–१ कमल पुलस्थित सडकमा प्र.१–०१–००२ ह २६७ नम्बरको अटो र मे.७ प ८५९४ नम्बरको मोटरसाइकल एक–आपसकाे ठक्करबाट दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–७ बस्ने ४० वर्षीय उपेन्द्र सिग्देल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको बीएनसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।