छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको मेचिनगर नगरपालिका–१२ स्थित धाईजन चोकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजन बिक रहेका छन् । गाडीको ठक्करबाट उनको बिहीबार राति घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–१ काजी पैनीमा को.१० प ९०१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ डांगी टोल बस्ने २२ वर्षीय नबिन चौधरी रहेका छन् । दुर्घटनामा उनको बिहीबार राति घटनास्थलमै मृत्यु भएको हो ।

साथै धनकुटाको धनकुटा नगरपालिका–९ छिम्छुवामा को.६ प२१४९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई बिहीबार राति दुर्घटना हुँदा मोरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमी गाउँपालिका–१ सफाईधाप बस्ने ६५ वर्षीय नर बहादुर राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालम धनकुटमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस