अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चौकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–६ सिमसुवा बस्ने २३ वर्षीय सनम लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित बिहिबार साँझ पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचिनगर नगरपालिका–१० शान्ति चोकबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय सुनिल सुनार रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित बिहीबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस