मोरङमा अवैध सुनसहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

मोरङ । मोरङमा अवैध सुनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको विराटनगर महानगरपालिका–१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहिती रहेका छन् । सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मेहितीलाई तलासी गर्ने क्रममा उनको साथबाट उक्त सुनसहित फेला पारी बिहीबार दिउँसो पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद सुन सहित राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको छ ।

सम्बन्धित खबर

सिफारिस