८५ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । जुवातास तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा तिलुया नगरपालिका–१४ घर भई हाल कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्कीसहित ९ जना रहेका छन् ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित बिहीबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस