काठमाडौं । विभिन्न ठाँउमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउस्थित मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालय अध्ययनरत रही होस्टेलमा बस्ने धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कब्निष गुरुङ रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा उपचाको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी कपिलवस्तु, बाणगंगा नगरपालिका–९ भिरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने २५ वर्षीय बिजय थापा रहेका छन् । खोलमा माछा मार्न क्रममा डुबेर बिहीबार राति उनको मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।