काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बुद्धको एयरको ९५५ उडान नम्बरको १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’मा समस्या देखिएपछि फर्काइएको छ ।
उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको प्रवक्ता सिटौलाले बताए । सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।