छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषभसहित ३ जना पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका-८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका२ बस्ने २९ वर्षीय रविन दोङ तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित पोलप्लान्ट अगाडी सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–२० बस्डिल्वा बस्ने २७ वर्षीय अजय राउत अहीर र पर्सा सुगौली गाउँपालिका–२ बस्ने ३१ वर्षीय मेघराज यादव रहेका छन् । उक्त सडकमा ना.५१ प ८३३९ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई ल्याएको गाँजा बीआर ०५ जेड ८५११ नम्बरको मोटरसाइकलमा ट्याङकी सहित बदल्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।